१० कृषक सम्मानित

१० कृषक सम्मानित

रानी जमरा कुलरिया सिचाइँ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाइले १० जना कृषकलाई सम्मानित गरेको छ । सिचाइँ आयोजनाको कमाण्ड एरियाका उत्कृष्ट १० कृषकलाई जनही १० हजार रुपैयाँसहित सम्मान पत्रले प्रदान गरिएको थियो ।

किसानलाई हौसला दिन तथा व्यवसायिक रुपमा खेती गरिरहेका ती किसानबाट अरुले पनि सिकून भनेर सम्मान गरिएको आयोजनाका कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भरत कडेलले बताए । उनका अनुसार कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग गरिएका किसानमध्येबाट फिल्डमा पटक पटक गएर गरिएको अनुगमनका आधारमा उत्कृष्ट किसानहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा आलु खेतीमा मायाराम न्यौपाने, केरा खेतीमा खेम विक, च्याउ खेतीमा शिवमुक्त कृषक समूह, च्याउ खेती श्रीराम कठरिया, तरकारी खेती विष्णुराम थारु र रामकृष्ण चौधरी, खाद्यान्न बालीको बिउ उत्पादनमा ठाकुराम थारु, गाईभैंसीपालनमा ऐश्वरीदेवी जैशी, बाख्रापालनमा प्रकाशबहादुर विश्वकर्मा, बंगुरपालनमा प्रह्लाद बटाला रहेका छन् ।असार १५ को अवसरमा गत वर्ष पनि १० कृषकलाई सम्मान गरिएको थियो ।