सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार ३७ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार ३७ जनामा कोरोना पुष्टि

 धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार  ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९२ नमूना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये २ जना भेन्टिलेटर, ५ जना आईसियू र १३ जना अम्सिजनको सर्पोटरमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना जना बिरामी भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।