सुदूरपश्चिममा बुधबार ६९ जनामा कोरोना पुष्टि, मृतकको संख्या शून्य

सुदूरपश्चिममा बुधबार ६९ जनामा कोरोना पुष्टि, मृतकको संख्या शून्य

 सुदूरपश्चिम प्रदेशमा बुधबार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय १६ नमूनाको कोरोना परिक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा पिसिआर बिधिबाट १ सय ६५ नमूनाको परिक्षण गर्दा ४२ र एन्टीजेन बिधिबाट ६ सय ५१ नमूनाको परिक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो संगै प्रदेशका कुल कोरोना संक्रमितको संख्या ४३ हजार ७ सय २५ पुगेको छ । संक्रमित मध्ये ३४ हजार ८ सय ८३ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ३० जनाले कोरोना जितेका छन ।

आज पनि कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका हालसम्म ५ सय ७० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।