कलेजो पीडितको उपचारका लागि आर्थिक सहयोग जुटाइँदै

कलेजो पीडितको उपचारका लागि आर्थिक सहयोग जुटाइँदै

कलेजो रोगबाट पीडित कञ्चनपुरको कृष्णपुर नगरपालिका–२,वाणीका हरिना देवी शाहको उपचारका लागि आफन्तले दाताहरूबाट आर्थिक सहयोग सङ्कलन थालेका छन् । गरिबीका कारण उपचार गराउन नसकेपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेका हुन् । विभिन्न व्यक्तिहरूबाट  सहयोग रुपैयाँ सहयोग प्राप्त हुँदै गएको उनका आफन्तले जानकारी दिए ।

आर्थिक अभावले उपचारमा समस्या भएपछि आफन्तले सहयोग गरिदिन आह्वान गरेका छन् । आम्दानीको स्रोत नहुँदा आमाको कलेजो प्रत्यारोपण र उपचारमा धेरै खर्च लाग्ने भएकाले आफूले पनि व्यहोर्न सक्ने अवस्था नरहेको उनका छोरा सुरेन्द्र शाहले बताए । ‘मैले आफ्नो क्षमताले भ्याएसम्म उपचार गराएँ, कलेजो प्रत्यारोपणका लागि धेरै खर्च लाग्ने रहेछ, त्यति धेरै रकम मैले पनि जुटाउन सक्दैन’ शाहले भने, ‘त्यसैले जीवन रक्षाका लागि सहयोगका लागि याचना गर्नुको विकल्प छैन ।

परिवारका अनुसार उनको जीवन रक्षाका लागि कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन् । स्वास्थ्यमा थप जटिलता आउन नदिन जतिसक्दो चाँडो कलेजो प्रत्यारोपण गर्न डाक्टरले सल्लाह दिएको पीडितका आफन्तले बताएका छन् । कलेजो प्रत्यारोपण र उपचारका लागि ४० लाख लाख भन्दा बढी रकम लाग्ने बताइएको छ ।

आफन्तले उनकोे जीवन रक्षा गर्नको लागि सक्दो आर्थिक सहयोग गरिदिनु हुन सम्पूर्ण समाजसेवी, राजनीतिकर्मि, बुद्धिजीवी,पत्रकार, आफन्त, नातेदार तथा देश बिदेशमा रहनुभएका सहयोगी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूमा अपील गरेका छन् ।

कलेजो  पीडित शाहका आफन्तले सहयोग गर्न इच्छुक व्यक्ति वा सङ्घ संस्थाले उनका छोरा सुरेन्द्र शाहको मोबाइल नम्बर ९८४८८२४२४२, ९८१५६४५५८० सहयोगी मान बहादुर चन्द ९८४८९०३९०८, ९८२४६७१६८४,सहयोगी जनक सिंह ठकुरी ९८४८७७२३१८, ९८१०२१२८४८ र सुरेन्द्र शाहको नाममा एभरेस्ट बैङ्क लिमिटेड कञ्चनपुर शाखामा रहेको खाता नम्बर ०११००५०१२२५४२८ मा रकम जम्मा गरिदिन आग्रह गरेका छन् ।