पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध

पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध

चितवनको नारायणघाट मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ । डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ । तर, सडकमाथिबाट ढुङ्गा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ ।
बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको सडक विभागले जनाएको छ । ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका छन् ।