गर्भमा छोरा छ कि छोरी ? यस्ता संकेतबाट थाहा पाउनूस्

गर्भमा छोरा छ कि छोरी ? यस्ता संकेतबाट थाहा पाउनूस्

केही व्यक्तिले तपाईंको पेटमा रहेको बच्चा छोरा छ कि छोरी छ भनेर अनुमान लगाउने गर्छन् । जहाँसम्म यसरी अवैज्ञानिक तरिकाले बच्चाको लिंगको आंकलन गर्ने रोचक तरिका छ त्यसलाई धेरैले विश्वास पनि गर्ने गर्दछन् ।

हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ । भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ भन्ने जानकारी लिन चाहेमा आफैले घरमा पनि अनुमान गर्न सकिन्छ ।

–यदि गर्भमा छोरी छ भने गर्भवती महिलामा हार्मोनको मात्रा बढेको हुन्छ । त्यसैले उनी धेरै मुडी हुन्छिन्। त्यस्तै, शरीरक अंगहरुले पनि छोरा वा छोरी के छ भन्ने कुरामा संकेत गरिरहेको हुन्छ ।

–यदि महिलाको स्तनको टुप्पोको रंग बढी कालो हुँदै गयो भने उनको गर्भमा छोरा रहेको हुन्छ । यदि ती महिलाको स्तनको रंगमा थोरै मात्र परिवर्तन भएको छ भने, उनको गर्भमा छोरी हुन्छ।

–यदि गर्भवती महिलाको दायाँ स्तन बायाँ स्तनभन्दा ठूलो भएको छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि बायाँ स्तन दायाँ स्तनभन्दा ठूलो भएको छ भने, उनको गर्भमा छोरी हुन्छ । 

–यदि गर्भवतीको पिसाबको रंग गाढा पहेंलो हुन्छ भने उनको गर्भमा छोरा रहेको भन्ने बुझ्न सकिन्छ । यदि गर्भवतीको पिसाबको रंग हल्का छ भने उनको गर्भमा छोरी बसेको हुन्छ।

–महिलाको खानपिनको शैलीले पनि गर्भमा छोरा वा छोरी छ भन्ने कुरा बताइरहेको हुन्छ। यदि गर्भवतीले नुनिलो खानेकुरा बढी मन पराउँछिन् भने उनको गर्भमा छोरा रहेको हुन्छ । त्यस्तै, यदि उनले गुलियो बढी मन पराउँछिन् भने उनको गर्भमा छोरी रहेको हुन्छ।

–यदि गर्भवतीहरूको पेट माथितिर उठेको खालको देखिन्छ भने त्यो छोरी जन्मने लक्षण हो भने तलतिर झुलेको जस्तो देखिनु छोरा पाउने संकेत हो ।

–यदि तपाईं आफ्नो गर्भावस्थामा दायाँपट्टि सुतेको महिलालाई देख्नुभयो भने सम्भवतः त्यो बच्चा छोरी हो भन्ने मानिन्छ । 

–गर्भावस्थामा खुट्टा चिसो र सुख्खा तथा खस्रो हातहरू हुनु भनेको गर्भमा छोरा हुनुको संकेत मानिन्छ ।