प्रतिनिधिसभा विघटनः सरकारपक्षीय वकिलको बहस सुरु

प्रतिनिधिसभा विघटनः सरकारपक्षीय वकिलको बहस सुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकार पक्षका वरिष्ठ अधिवक्ता रमेश गुरागाइँले बहस थालेका छन्।

उनीपछि अन्य वरिष्ठ अधिवक्ताहरू विष्णुमणि अधिकारी, अधिवक्ताहरू ईश्वरीप्रसाद भट्टराई, भोजराज आचार्य, बाबुराम दाहाल, सीपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, धर्मराज रेग्मी, अनन्त लुइँटेल र लोकनाथ खरेलले बहस गर्ने भएका छन्।

उनीहरूको बहस समय डेढ घण्टा हो। त्यसपछि भने सभामुख अग्निप्रसाद सापकोटापक्षीय वकिलहरूले बहस गर्ने भएका छन्।

बहसका लागि वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले वकालतनामा दिएका छन्।

उनीहरूको पनि बहस सकिएपछि भने निवेदकतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन्।