चोरीका १३ मोटरसाइकल र भारतीय नागरिकसहितकाे गिरोह सार्वजनिक

चोरीका १३ मोटरसाइकल र भारतीय नागरिकसहितकाे गिरोह सार्वजनिक

चोरीका १३ वटा  मोटरसाइकल र एक जना भारतीय नागरिकसहित ८ जनाकाे  गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ । दाङ प्रहरीले उनीहरूलाइ शुक्रबार सार्वजनिक गरेको हाे ।

जिल्ला प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले आफू काममा बिश्वास गर्ने भन्दै बोल्ने भन्दा पनि काम गरेर देखाउने बताए । मोटरसाइकिल चोरी भएर नागरिक पिडित भएको गुनासो जिल्लामा आउनासाथ आफुले यो कुरालाइ गम्भीरतापुर्वक लिएर अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई यो सफलला मिलेको उनकाे दाबी छ । नागरिकमा प्रहरीप्रति अझै विश्वासको वातावरण सिर्जना गर्न यस्ता कामले सहयोगी भूमिका खेल्ने पनि उनले बताए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट असइ युवराज गौतमको कमाण्डमा खटिएको प्रहरी टाेलीले चोरीको मोटरसाइकलसहितको गिरोहलाई समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताए । चोरीको मोटरसाइकलको गिरोहमा ग्यारेजमा काम गर्ने पनि रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

चोरीका मोटरसाइकिलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुलेको  छ।