नेपालमा २४ घण्टामा थप २ हजार २९९ मा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

नेपालमा २४ घण्टामा थप २ हजार २९९ मा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा १० हजार  ५९६ जनाको पीसीआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ।