समस्याहरू पहिचान गर्न नसक्ने टोललाई स्थानीय सभाको समितिले छनोट गर्दै

समस्याहरू पहिचान गर्न नसक्ने टोललाई स्थानीय सभाको समितिले छनोट गर्दै

 सरिता कठायत । रानागाउँमा समस्याहरू पहिचान गर्न नसक्ने टोललाई स्थानीय सभाको समितिले छनोट गर्ने भएको छ रानागाउँ स्थितमा समस्याहरू पहिचान गर्न नसक्ने टोललाई स्थानीय सभाको समितिले छनोट गर्ने भएको छ ।

शुक्रबार रानागाउँमा नागरिक समाज तथा जनप्रतिनिधिहरू सहितको बैठकमा सहभागितामा बसेकाे रानागाउँ स्थानिय सभामा समस्याहरू पहिचान गर्न नसक्ने टोलहरू रहेकोले त्यस्ता टोललाई अगाडि ल्याउन टोल छनोट गर्ने भएका हुन । समस्या प्रदा पनि आफ्ना समस्याहरूको पहिचान गर्न नसकेको भएर टोल छनोट कार्य गर्न लागेको वडा सदस्य सोपान सिं रावलले बताउनुभयो ।

उहाँले वडा कार्यालय बाट समस्या पहिचान गर्न नसकेको टोलहरूलाई गर्नुपर्ने सहयोगको लागि वडा र आफू तयार रहेको बताउनुभयो । रानागाउँ स्थित वडा कार्यालय, सरोकारवाला सबैले यो बिषयमा जिम्मेवारीपूर्व टोल छनोट कार्यमा लाग्ने जानकारी गराएका हुन । एफएमडिसि द्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत के,आई,सिहं गाउँपालिका वडा नम्बर ५ रानागाँउमा स्थानीय सभा गठन गरेको हो । यो भन्दा अगाडि वडा स्तरमा रहेका विभिन्न समस्या तथा सवालहरू माथि छलफल गर्दै आएको र धेरै समस्या हरू समाधान भएको हुनाले अब टोलमा रहेका समस्याहरू समाधान भएको स्थानीय सभाका संयोजक दुर्गा सिं रावलले बताउनुभयो ।

आगामी दिनमा संस्थाले यसरी नै साथ दियो भने प्रत्येक वडा वडामा रहेका समस्या हरू पहिचान गरेर समस्या समाधान गर्न कार्यसमिति पुर्ण रूपमा तयार रहेको जानकारी गराउनु भयो ।

बैंठकमा उपस्थित रहेका सरोकारवालाहरूको छलफलले समस्याहरूलाई बाहिर नल्याउन सकिरहेका सम्पूर्ण टोलबस्तीलाई पनि पहिचान गरेर उहाँहरूका जुनसुकै समस्यालाई प्राथमिकतामा राख्न उचित भएको हुनाले यो कार्यमा तिव्ररूपमा लाग्नुपर्ने निर्णय भएको छ ।