दार्चुलामा विषादी सेवनबाट वृद्धको मृत्यु

दार्चुलामा विषादी सेवनबाट वृद्धको मृत्यु

दार्चुला । दार्चुलामा विषादी सेवन गरेर एक वृद्धको मृत्यु भएको छ ।

महाकाली नगरपालिका वडा नं ४ खलंगामा बस्दै आएका ७० वर्षीय पदम बहादुर बस्नेतको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए ।

बुधबार राति १० बजे तरकारीमा हाल्ने विष सेवन गरेको भनी आफन्तले उपचारका लागि अस्पतालमा लगेका थिए ।  उनको अस्पतालमा उपचार सम्भव नभपछि शुक्रबार मृत्यु भएको बताइएको छ ।