कैलालीमा अवैध लागू औषधसहित एक पक्राउ

कैलालीमा अवैध लागू औषधसहित एक पक्राउ

प्रहरीले अवैध लागू औषधसहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–३ रामपुरबाट सोही नगरपालिका–६ भर्तापुर बस्ने २५ वर्षीय दिलिप राईलाई लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट र १६ ट्याब्लेट स्पास्प्रोक्स सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानको गर्दा उक्त लागूऔषध टीकापुर नगरपालिका–६ बस्ने लौटन चौधरीको पसलबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात पसल तलासी गर्दा उक्त पसलमा चाउचाउको पेटीभित्र लुकाई राखेको अवस्थामा थप ६ सय ट्याब्लेट नाईट्राभेट र ९६ ट्याब्लेट स्पास्प्रोक्स पनि प्रहरीले फेला पारी बरामद गरेको छ ।

लौटन चौधरी हाल फरार रहेकाले अहिले प्रहरीले लौटन चौधरीकी श्रीमतीलाई नियन्त्रणमा लिएर उनको खोजी गरिरहेको जनाएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।