सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।शुक्रबार पिसिआर बिधिबाट १ सय ६६ नमुनाको कोरोना परिक्षण गर्दा ३४ र ७ सय २० नमूनाको एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा २२ संक्रमित थपिएका हुन ।

यो संगै प्रदेशका कोरोना संक्रमितको संख्या ४३ हजार ८ सय ३० पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ३१ संक्रमितले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३४ हजार ९ सय ३४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण ज्यान गएको छैन । प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ७० रहेको छ ।