भारतमा थप ४७ हजार संक्रमित, ७९७ संक्रमितको मृत्यु

धनगढी खबर    

भारतमा थप ४७ हजार संक्रमित, ७९७ संक्रमितको मृत्यु

भारतमा थप ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार २५२ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २६औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख १ हजार १८९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख २ हजार ३८३ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकै दिन ७९७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६८ पुगेको छ ।



शनिबार १९, असार २०७८ ०७:४२ मा प्रकाशित

#भारत #कोरोना

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस