चीनकाे सिनोफार्मबाट नेपालमा २४ गतेदेखि निरन्तर खोप आपूर्ति हुने

चीनकाे सिनोफार्मबाट नेपालमा २४ गतेदेखि निरन्तर खोप आपूर्ति हुने

चीनले नेपाललाइ कोरोना विरुद्वको खोप दिन सहमत भएकाे छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिद सम्झौता भएको  र अबदेखि निरन्तर खाेप आपूर्ति हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शुक्रबार एक विज्ञप्ति जारी मन्त्रालयले खोप खरिद बारे सम्झौता भएको जानकारी दिएको हो । तर खाेप खरिदबारे सबै कुरा गाेप्य राखिएकाे छ । मूल्य पनि खुलाउन नमिल्ने मन्त्रालयकाे भनाइ छ ।

सम्झौताअनुसार यही असार २४ गतेबाट निरन्तर खोप आपूर्ति हुनेछ । साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । तर कुल कति डाेज खाेप ल्याउने भन्नेबारे पनि केही खुलाइएकाे छैन ।

पहिलाे लट खाेप ल्याउन नेपाल वायुसेवाकाे वाइडबडी २४ गते नै चीन उड्ने जनाइएकाे छ ।

हालसम्म कुल ४२ लाख खाेप छिमेकी मुलुकहरू तथा काेभ्याक्स अभियानमार्फत अनुदान तथा सहयाेगमा उपलब्ध भइसकेकाे पनि मन्त्रालयले जनाएकाे छ ।