धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको पुरस्कार राशी सार्वजनिक

धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको पुरस्कार राशी सार्वजनिक

आगामी माघ २६ गतेबाट सञ्चालन हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को तयारी तिब्र भईरहेको छ । आज खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै  पुरस्कार राशी सार्वजनिक गरेको हो ।

धनगढी प्रिमियर लिग (डीपीएल)र्को दोस्रो संस्करणको विजेतालाई २५ लाख रुपैया पुरस्कार दिइएको थियो  भने यस बर्ष विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी पाउने एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

यसैगरी, उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले चार लाख र चौथो हुने टोलीले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ ।

हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैया पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।  

माघ २६ गतेबाट फाप्ला क्रिकेट मैदानमा शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईरहेको आयोजकले जनाकारी दिएको छ ।  प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता जनाउदैछन  । सबै टोलीमा १२ जना अक्सनबाट लिईएका खेलाडी (स्थानिय सहित), एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन् ।