अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्चको सहमति

अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्चको सहमति

 अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्नेगरी सहमति प्रदान गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन–२०७८ को सञ्चालन र व्यवस्थापनका लागि सो रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

आगामी २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले सो सहमति दिएको जनाएको छ ।