छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

चाँगुनारायण नगरपालिका–८ सुडालका ३१ वर्षीय पुरुष छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन्। 

कोठामा कोही नभएको मौका पारी १५ वर्षीया छोरीको संवेदशील अंगहरुमा समाई दुर्व्यवहार गरेको छोरीको आरोप छ। उनले गत जेठ १० गते घरमा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको पीडितको भनाइ छ।

पीडितले बिहीबार संरक्षकको रोहबरमा बाल यौन दुरुपयोग कसुरमा किटानी जाहेरी दिएकी थिइन्। आरोपी बुवालाई त्यही दिन पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको गिरीले बताए।