साउन १ देखि दर्ता नभएका मोबाइल बन्द होला त ?

साउन १ देखि दर्ता नभएका मोबाइल बन्द होला त ?

सरकारले आगामी साउन १ देखि अवैधरुपमा चलेका मोबाइल बन्द गर्ने भनेर मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।

भन्सार छलेर आएका अथवा मोबाइलको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता नभएका मोबाइललाई सरकारले अवैधरुपमा राखेको छ ।

साउन १ गतेदेखि नै सुरु गर्ने भनेर नपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा यसको सर्भर राखेको छ । यहीबाट यो सिस्टम चलाउने तयारी प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालन गर्ने तयारी भएको छ ।

प्राधिकरणले साउन १ देखि नै सञ्चालन गर्ने भने पनि यसको तयारीमा अझै केही काम गर्न बाँकी रहेको छ । निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चोबहिलका लागि चाहिने उपकरणहरु आउन पाएको छैनन् । 

साथै जडान, परीक्षण र सञ्चालन गर्ने प्राविधिक टोली पनि आइपुगेको छैन् । प्राधिकरणले चाबहिलमा मोबाइल डिभाइस म्यानेजमेन्ट डिभाइस राख्दै छ । त्यसका लागि सेकेण्डरी साइटलगायत सिभिल कन्स्ट्रक्सन वर्क तयार रहेको छ ।

अन्तर्राष्ट्रिय उडान सहज भएपछि आवश्यक सामान ल्याएर चाबहिलबाट सञ्चालन गर्ने र त्यसभन्दा अगाडि राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालन गर्ने प्राधिकरणको तयारी छ ।

प्राधिकरणले २०७६ असारमा करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदका लागि मलेसियन कम्पनी एमरएस निउमेरा कम्पनीसँग सम्झौता गरेको थियो । 

सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन गर्ने छ । प्राधिकरणले अवैध मोबाइललाई रोक्न तथा मोबाइलको व्यवस्थित प्रयोगका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउन लागेको हो ।