सेती प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

सेती प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना भेन्टिलेटर, ३ जना आईसीयूमा र ७ जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए। यस्तै ४ जनाको अवस्था भने सामान्य रहेको जनाएको छ । 

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ३ जना बिरामी अस्पतामा  भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ की ७७ बर्षीय महिला रहेकी छन् ।