सन्दीप लामिछाने एलपिएलको ड्राफ्टमा

सन्दीप लामिछाने एलपिएलको ड्राफ्टमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) दोस्रो संस्करणको ड्राफ्ट सूचिमा परेका छन् । टि-२० फ्रेन्चाइज लिगको ड्राफ्टमा सन्दीपसँगै बंगलादेशका अलराउन्डर सकिब अल हसन, दक्षिण अफ्रिका तबरेज शाम्सी, रासी भान डर डुसेन वेस्ट इन्डिजका शेल्डन कटरेल लगायतका स्टार खेलाडी रहेको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

दोस्रो संस्करणको लंका प्रिमियर लिग आगमी जुलाई ३० देखि २२ अगष्टसम्म श्रीलंकामा चल्ने छ । डाफ्टको मिति भने बोर्डले सार्वजनिक गरेको छैन । गतवर्ष सन्दीपले आफ्नो नाम दर्ता गराएपनि छनोट भएका थिएनन् । कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि पाँच फ्रेन्चाइज टोली छन् ।

सन्दीपले इंग्ल्यान्डमा हुने द हन्ड्रेड प्रतियोगिता ओभल इन्भीनसिभल्सबाट खेल्नेछन् । द हन्ड्रेड २२ जुलाई देखि अगष्ट २१ सम्म चल्ने छ । सन्दीपको टोलीले लिग चरणको अन्तिम खेल अगष्ट १८ मा खेल्ने कार्यक्रम छ ।

यो अवस्थामा सन्दीप लंका प्रिमियर लिगमा छनोट भएमा खेल्ने सम्भावना भने देखिदैन । यदी कुनै कारण वस एलपिएलको खेल पछि सर्न गएमा भने सन्दीप सहभागी हुन सक्नेछन् । भिसाको कारण टि २० ब्लास्ट