कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन

कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन

कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकिरहेको छैन् ।  बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालयको लक्ष्य अनुसार राजस्व संकलनमा कमी भएको हो ।

भन्सार कार्यालयका सुचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्नको लागि अग्रसर भएको भएपनि कोरोना महामारीका कारण लक्ष्य अनुसार राजस्व संकलनमा कमी आएको छ ।

“बिगतका वर्षमा निश्चित रुपमा तोकिएको राजस्व संकलन आर्थिक वर्षको मसान्त महिना अगावै संकलन हुने गरेको थियो, तर यस वर्ष भने जेठ मसान्त सम्म आउँदा कार्यालयले लक्ष अनुसार राजस्व संकलन गर्न सकिरहेका छैनौँ ।”सुचना अधिकारी जोशीले भने, “राजस्व संकलनमा असार महिनाको राजस्व जोडिएको छैन, असार मसान्त पनि सम्भवतह लक्ष अनुसार राजस्व गर्न सकिन्छ ।”

कोरोना महामारीका कारण लागु भएको निषेधाज्ञाले राजस्व संकलनमा कमी आएको  छ । जसका कारण आर्थिक वर्षको मसान्त अगावै लक्ष्य अनुसार संकलन गरिने राजस्व असार मसान्त पछि मात्रै हासिल गर्न सकिने सुचना अधिकारी जोशीले बताए ।

कञ्चनपुर भन्सार कार्यालयको २०७७-०७८ को कुल लक्ष ३५ करोड ६७ लाख ८८ रहेको छ । कार्यालयले भने हाल सम्म भने  ३४ करोड १३ लाख ९८ हजार राजस्व संकलन भएको छ । जसअनुसार कार्यालयले कुल लक्ष्यको ९५.६९ प्रतिशत राजस्व संकलन गरेको छ । संकलन भएको राजस्वमा असार महिनाको भने नजोडिएको कार्यालयले जनाएको छ ।

कोरोना महामारीले गर्दा पैठारी हुने सामानमा कमी आएका कारण राजस्व संकलनमा कमी भएको समेत कार्यालयका सुचना अधिकारी जोशीले बताए । कञ्चनपुर भन्सार कार्यालयबाट तरकारी, फलफूल, गुड, मिस्री, कपडा, हार्डवेयरका सामान लगायत कृषिजन्य सामग्रीहरु भन्सार कार्यालयबाट आयात हुने गर्दछ । यसैगरी निर्यात हुने सामान मध्ये रिठा र हस्तकलाका सामग्री भारत निर्यात हुने गरेका छन् ।