फेरी सुरु भयो सुदूरपश्चिमका सीमामा रोजगारीका लागि भारत जानेको लर्को (फोटो फिचर)

फेरी सुरु भयो सुदूरपश्चिमका सीमामा रोजगारीका लागि भारत जानेको लर्को (फोटो फिचर)

धनगढी । दोस्रो चरणको कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्केका सुदूरपश्चिमेलीहरु महामारीकैबीच रोजगारीका लागि पुनः भारततिर जान थालेका छन् । स्वदेशमा पर्याप्त रोजगारीको व्यवस्था नभएका कारणले गुजाराका लागि फेरि भारततिरै जान थालेका हुन् ।

पछिल्लो केही हप्ता छिमेकी मुलुक भारतमा संक्रमणदर केही कम हुन थालेपछि यहाँका नागरिकहरु पुन: रोजगारीका लागि भारत पस्न बाध्य भएका हुन । संघीय, प्रदेश र स्थानीय सरकारले रोजगारीको व्यवस्था गर्न नसकेपछि फेरी महामारीकै विच सुदूरपश्चिमका ९ वटै जिल्लाका नागरिकहरु निरास भएर भारत जानको लागि सिमा नाकामा लामो लाईनमा बस्न बाध्य छन ।  

देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको उनीहरुकोे भनाई छ ।

तस्विरमा हेर्नुस् :