एमालेको दशौँ महाधिवेशन आगामी वैशाख ३० गते, विधान सम्मेलन साउन ३० गते

एमालेको दशौँ महाधिवेशन आगामी वैशाख ३० गते, विधान सम्मेलन साउन ३० गते

नेकपा एमालेले आगामी वैशाखमा दशौँ महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओली पक्षको मात्र बसेको केन्द्रीय कमिटीको बैठकले वैशाखमा दशौँ महाधिवेशन गर्ने प्रस्ताव पेश गरेको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गरेका छन् । उनले यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भने पनि अब वैशाख ३० भित्र महाधिवेशन गर्ने प्रस्ताव गरेको बताए ।

बैठकमा निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश गरिएको छ भने यहीँ साउन २५ गते विधान सम्मेलन गर्ने जनाइएको छ ।

यसअघि असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय पनि गरिएको छ । आगामी भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका पनि बनाइएको छ ।

यसैगरी ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ । यसअघि मंसिर २ देखि ६ सम्म दशौँ महाधिवेश गर्ने निर्णय गरिएको थियो ।