‘फैसला हुँदासम्म हस्ताक्षर कायम राख्नेहरू एमालेका नेता कार्यकर्ता नहुने’

‘फैसला हुँदासम्म हस्ताक्षर कायम राख्नेहरू एमालेका नेता कार्यकर्ता नहुने’

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला हुँदासम्म एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर कायम रहे उनीहरू एमालेका नेता कार्यकर्ता नहुने स्पष्ट पार्नुभएको छ । 

नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जारी बैठक नै जेठ २ मा फर्किएको बताउनुहुँदै यो बैठकमा अनुपस्थित हुने र अर्को पार्टीमा जानेलाई एमालेले नपर्खिने बताउनुभयो । 

अध्यक्ष ओलीले नेता माधव नेपालसङ भएको टेलिफोन वार्ताको चर्चा गर्नुहुँदै प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? लुकेको कुरा होइन भनी आफूले स्मरण गराएको बैठकलाई जानकारी दिनुभयो ।