ट्युनिसियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा ४३ जनाको मृत्यु भएको छ।
लिबियाको जुवारा बन्दरगाहाबाट युरोप हिँडेका ४३ आप्रवासीको निधन भएको र ८४ जनाको जिवितै उद्धार गरिएको ट्युनिसियाको रेक क्रिसेन्टले जनाएको छ।
डुङ्गा डुब्दा मृत्यु हुनेमा बंगलादेश, इजिप्ट तथा सुडानका नागरिक छन्।
भूमध्य सागर पार गर्दै ढुङ्गा युरोप जाने तयारीमा थियो। तर, इन्जिनमा खराबी आउँदा डुङ्गा डुब्न पुगेको ट्युनिसियाका सुरक्षा अधिकारीले बताएका छन्।