टिपरको ठक्करबाट काठमाडौंमा दुई जनाको मृत्यु

टिपरको ठक्करबाट काठमाडौंमा दुई जनाको मृत्यु

काठमाडौंमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ। एक जना घाइते भएका छन्।  

काठमाडौंको टोखा नगरपालिकामा गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको  घटनास्थलमा नै ज्यान गएको काठमाडौं ट्राफिक प्रहरी जनाएको छ।

तीन जना सवार मोटरसाइकलमा पछाडि बस्ने ३० वर्षका सागर खतिवडा घाइते भएको र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।