टी–ट्वान्टी सिरिज दक्षिण अफ्रिकालाई

टी–ट्वान्टी सिरिज दक्षिण अफ्रिकालाई

वेष्ट इण्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज दक्षिण अफ्रिकाले जितेको छ । गएराती भएको पाँचौ तथा अन्तिम टी-ट्वान्टीमा २५ रनको जित हात पारेसँगै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि एडेन मरक्रमले सर्वाधिक ७० रन बनाए । जवाफी ब्याटिङ थालेको वेष्ट इण्डिज २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमा सिमित भयो । उसका लागि इभान लेविसले ५२ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । वेष्ट इण्डिजको ब्याटिङ ध्वस्त पार्न दक्षिण अफ्रिकाका लुंगी नेग्डीले तीन र कागिसो रबाडाले दुई विकेट लिए ।