दार्चुलामा असार मसान्तसम्म निषेधाज्ञा थपियो, सार्वजनिक यातायात भने खुला

दार्चुलामा असार मसान्तसम्म निषेधाज्ञा थपियो, सार्वजनिक यातायात भने खुला

दार्चुला, दार्चुलामा निषेधाज्ञा असार मसान्त सम्मका लागि थप गरिएको छ । 

कोरोना संक्रमण दर केही घटेको भएपनि जोखिम कायमै रहेको भन्दै असार मसान्त सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । शुक्रवार बसेको जिल्ला कोभिड—१९ व्यवस्थापन समितिको बैठकको सिफारिस अनुसार असार मसान्तसम्म निषेधाज्ञा थप गरिएको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जारी निषेधाज्ञालाई खुकुलो पार्दै असार मसान्तसम्मका लागि निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । सार्वजनिक सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटाएर सीट क्षमता अनुसार जिल्लाभरी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइने छ ।

यस्तै होटेल, मदिरा पसल बाहेक अन्य सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअ जोशीद्वारा जारी आदेशमा जनाइएको छ ।