‘राष्ट्रिय कविता लेखन तथा वाचन प्रतियोगिता-२०७८’ को नतिजा सार्वजनिक !

‘राष्ट्रिय कविता लेखन तथा वाचन प्रतियोगिता-२०७८’ को नतिजा सार्वजनिक !

धनगढी: विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड-१९’ ले सृजना गरेको लकडाउनको सदुपयोग गर्न र गराउन नगर बाल सञ्जाल धनगढीले आयोजना गरेको कोरोनाको अवस्थामा बालबालिका विषयवस्तुमा आधारित “राष्ट्रिय कविता लेखन तथा वाचन प्रतियोगिता-२०७८”” को नतिजा सार्वजनिक कार्यक्रममा आज सम्पन्न भएको छ।

साहित्य क्षेत्रमा बालबालिकाको बढ्दो आकर्षण लाई ध्यान दिँदै कार्यक्रम आयोजना गरिएको नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशी बताउँछन्।

प्रतियोगिताको निर्णायक समितिमा नेपालकै उत्कृष्ट साहित्यकारहरू हुनुहुन्थ्यो। समितिमा टोपेन्द्र शाह “रसिक” तारा पल्लवी हेमन्त शिशिर र यमराज जोशी हुनुहुन्थ्यो।

नतिजा प्रकाशन समारोह कार्यक्रममा प्रतिस्पर्धी, बाल सञ्जालका सदस्यहरू, निर्णायक मण्डलमा सदस्यहरू उपस्थित हुनुहुन्थ्यो।

प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै निर्णायक मण्डल सदस्य तथा साहित्यकार टोपेन्द्र शाह “रसिक” ले नगर बाल सञ्जाल धनगढीले यस्तो कार्यक्रम आयोजना गरेर साहित्य क्षेत्रमा ठुलो भूमिका खेलेको बताउनुभयो।

प्रतियोगितामा धनगढीकी उर्मिला खतिवडा प्रथम हुन सफल भइन् भने द्वितीय हुन सुनसरी की अनुराधा चौधरी सफल भइन यसरी तृतीय हुन मकवानपुरकी रोशनी चौलागाईं सफल भइन्।

कार्यक्रममा निर्णायक मण्डल सदस्य तथा साहित्यकार यमराज जोशीले नगरपालिकाले बाल सञ्जाल सँगै अझै प्रभावकारी समन्वय गर्नुपर्ने बताउनुभयो।

कार्यक्रम नगर बाल सञ्जाल धनगढीकी उपाध्यक्ष लक्ष्मी जोशीले सञ्चालन गरेकी थिइन् भने कार्यक्रम को समापन कार्यक्रमको दौरानमा साथ सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद दिँदै नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशीले गरे।