बैतडी । बैतडीको सिगास गाउँपालिका-३ लगनमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मृत्यु हुनेमा सिगास-३ का ६४ वर्षीय रामसिंह धामी, ४५ वर्षीय मानसिंह साउद र ४५ वर्षकै जयसिंह धामी रहेको बैतडीको डीएसपी रमेश पालले जानकारी दिए।
घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए। जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ।