फिलिपिन्समा सेनाको विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु

फिलिपिन्समा सेनाको विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु

एक सैन्य विमान दुर्घटना भएको छ । वायु सेनाको विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । 

फिलिपिन्स सेनाका प्रवक्ता कोलोनेल एडगार्ड अरेभललाई उद्धृत गर्दै रोयटर्सले दिएको खबर अनुसार दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको पाटीकुलमा विमान दुर्घटना भएको हो । 

रक्षा मन्त्री डेल्फिन लोरेन्जाना वक्तव्य जारी गरी विमानमा ९२ यात्रु रहेको जानकारी दिएको रोयटर्सले जनाएको छ  । १७ जनाको शव फेला परेको र ४० जनालाई उद्धार गरिएको छ । उद्धारको क्रम जारी रहेको रक्षामन्त्री लोरेन्जानाले भनेका छन् । 

त्यहाँको स्थानीय समय अनुसार बिहान ११ः३० मा जोजो विमानस्थलमा उड्ने क्रमका रन वे बाट चिप्लिएर विमान दुर्घटना भएको हो । सैनिकहरुलाई लिएर विमान उड्न लागेको थियो । यो क्षेत्रमा फिलिपिनी सैनिकहरु इस्लामिक विद्रोहीसँग लड्दै आएका थिए ।