कञ्चनपुरमा कोरोनाका कारण थप १ जनाको मृत्यु

कञ्चनपुरमा कोरोनाका कारण थप १ जनाको मृत्यु

कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण आज एक जनाको मृत्यु भएको छ ।शुक्लाफाँटा नगरपालिका वडा नं. ८ की ७७ वर्षीया वृद्धको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  

कञ्चनपुरमा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भिमदत्त नगरपालिकाका ५ जना,दोधराचाँदनीका ४ जना र बेदकोट नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै आज महाकाली अस्पतालबाट ५ जना कोरोना संक्रमित निका भई घर फर्किएका छन् । जिल्लामा ११४ जना सक्रिय कोरोना संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।