सर्वोच्चले संविधानलाई पुनर्जीवन दिन्छ : प्रवक्ता शर्मा

सर्वोच्चले संविधानलाई पुनर्जीवन दिन्छ : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन् ।आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने अपेक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरुको हातमा रहेको बताए ।  ‘न्यायको फैसला गरिदै गर्दा संविधानको चिसा अक्षरहरुलाई मात्रै होइन । त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ । त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका न्यायमूर्तिहरुको छ’ उनले भने। प्रवक्ता शर्माले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताए ।