तीन प्रदेशमा आज राति ‘भारी’ वर्षाको सम्भावना

तीन प्रदेशमा आज राति ‘भारी’ वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ ।देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली भइ प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भइरहेको छ ।

अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले  अपनाउन महाशाखाले आह्वान गरेको छ ।