युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’, इन्टरनेट ट्राफिक हालसम्मकै उच्च

युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’, इन्टरनेट ट्राफिक हालसम्मकै उच्च

 फुटबलपे्रमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ ।

नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर बिहान ७ः४५ बजेसम्म युरो र कोपाअन्तर्गतका चारवटा खेल हुने गर्छन् । नेपाली फुटबलप्रेमी रातभर नै भए पनि यी खेल हेर्न व्यस्त देखिन्छन् । फुटबलपे्रमीको यस्तै व्यस्तताले नेपालको इन्टरनेटमा भने नयाँ ‘रेकर्ड’ बनाएको छ ।

रेकर्ड बनेको दिन हो, असार १५ । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विजरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच । निकै प्रतिस्पर्धात्मक रहेका यी दुई खेलमा पेनाल्टीसहित १७ गोल बनेका थिए । पौने ९ः४५ बजे जब फ्रान्स र स्विजरल्यान्डबीचको पहिलो खेल सुरु भयो, नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गयो ।

नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार खेलका दौरान इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ४९.८८९ जीबीसम्म पुगेको थियो । संस्थाका प्रमुख कार्यकारी अध्यक्ष रुपेश श्रेष्ठका अनुसार यो नेपालभित्रको अहिलेसम्मकै उच्च इन्टरनेट ट्राफिक हो ।

“युरो कपको खेल हुँदा एकै पटक ट्राफिक बढ्ने अनि मध्यान्तरमा बिस्तारै घट्ने र त्यसपछि फेरि खेल सुरु भएपछि बढ्ने प्रवृत्ति देखियो,” उहाँले भन्नुभयो, “यही क्रममा अहिलेसम्मकै उच्च ‘रेकर्ड’ पनि बन्यो ।