चितवनमा ट्रकले दुई वटा स्कुटरलाई ठककर दिदा एकको मृत्यु, अन्य ३ जना घाइते

चितवनमा ट्रकले दुई वटा स्कुटरलाई ठककर दिदा एकको मृत्यु, अन्य ३ जना घाइते

 चितवनमा भएको सवारी दुर्घटनामा परी  चितवन ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् । गलत साइडमा गएर समान बोकेको ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परि एकजना स्कुटर चालक गम्भीर घाइते भएका छन् । अन्य दुईको अवस्था भने सामान्य रहेको प्रहरीले जनाको छ । ट्रकले आँपटारी नजिक पानी ट्याङ्कीमा दिउँसो तीन बजेतिर लम्जुङ जाँदै गरेको ग १ ख ९७५६ नम्बरको फलाम बोकेको ट्रकले दुई स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करका कारण वाग्मती प्रदेश ३–००३ प ३५४३ नम्बरको स्कुटरको पछाडि बसेकी तनहुँ देवघाट–१ की ४२ वर्षीया चिनीमाया पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले बताए ।

उक्त स्कुटरका चालक भरतपुर–११ बस्ने ३५ वर्षीय पुष्पराज बास्तोलाको अवस्था गम्भीर रहेको छ । उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी ट्रकले ठक्कर दिएको प्रदेश २–०३–००७ प ७१९६ नम्बरको अर्को स्कुटर चालक देवघाट–५ का ३० वर्षीय तिलबहादुर गुरुङ र स्कुटर पछाडि बसेकी सोही ठाउँकी ३५ वर्षीया सिरु गुरुङ सामान्य घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

उनीहरु दुई जनाको नयाँ मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।