धनगढी । सुदूरपश्चिम सरकारले निषेधाज्ञा अवधिको यातायात करमा छुट गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा हुने दर्ता र नवीकरणमा जरिमाना छुट गर्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था कार्यालय कैलाली, कञ्चनपुर, सेवा कार्यालय डोटी र डडेल्धुरामा हुने दर्ता र नवीकरणमा छुट दिने निर्णय भएको हो। आर्थिक मामिला मन्त्रालयको मन्त्रीस्तरीय बैठकले सो निर्णय भएको हो ।
निषेधाज्ञाकै समयमा कर बुझाउने अवधि पुगेका सवारी धनीहरुलाई सवारी साधन पूर्णरुपमा खुलको १५ दिनभित्र कर बुझाउँदा जरिमाना छुट गर्ने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत खगेन्द्र साउँदद्वारा जारी पत्रमा उल्लेख छ।