म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर एटीएमबाट ३४ लाख निकाल्ने दुई जना पक्राउ

म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर एटीएमबाट ३४ लाख निकाल्ने दुई जना पक्राउ

म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको एटीएम मेशिनबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् । 

पैसा निकाल्दै गरेको सूचना पाएपछि खटिएको प्रहरीले काठमाण्डाैको भत्केको पुल नजिकैबाट सोलुखुम्बु घर भएका जगतबहादुर गुरुङ र पर्साकी सावित्री गुरुङलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एटीएम कार्ड र २१ लाख रुपैयाँ पनि बरामद गरिएको प्रहरी परिसर टेकुले जनाएको छ ।

उनीहरूले म्याद सकिएको ल्वयड्स बैंक लन्डनकाे भिसा डेबिट कार्डको प्रयोग गरेर चावहिल, कालोपुल र हात्तीसारबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुलेको छ । यसरी निकालेको रकममध्ये १० लाख रुपैयाँ सहकारीमा राखेको पनि प्रहरीले जनाएको छ ।