कञ्चनपुरमा जारी निषेधाज्ञा असार मसान्त सम्म लम्बियो

कञ्चनपुरमा जारी निषेधाज्ञा असार मसान्त सम्म लम्बियो

 कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ ।  प्रमुख जिल्ला अधिकारी राम कुमार पाण्डेका अनुसार  असार ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ । अब सो अवधिमा सबै प्रकारका गोष्टी,सम्मेलन, तालिम,सेमिनार,पुस्ताकालय,संग्रालय,सिनेमा हल,दर्शक सहितको खेलकुद ,मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने जनाएको छ ।

यस्तै  शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाईने जनाएको छ। जिल्लामा सबै प्रकारका पसलहरु बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । सवारी साधनको हकमा भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ ।  

No photo description available.

No photo description available.