प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्धाको फैसला असार २८ गते हुने

प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्धाको फैसला असार २८ गते हुने

आज सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते हुने भएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखेर असार २८ गते फैसला सुनाउने जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्धामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन् ।

सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदहरुको तर्फबाट जबाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिएका थिए । बहसपछि एमिकस क्युरीले आफ्ना स्वतन्त्र राय दिएका छन् । राय दिनेहरुमा बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठक रहेका छन् ।

निवेदक तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिएका थिए ।