दैनिक अन्डा खाँदा हुने यस्ता फाइदा

दैनिक अन्डा खाँदा हुने यस्ता फाइदा

शरीरलाई स्वस्थ राख्नको लागि विभिन्न प्रकारका पोषक तत्वको आवश्यकता पर्छ । शरीरमा पोषक तत्वको कमीलाई खानाको माध्यमबाट पूरा गर्न सकिन्छ । यस्तो अवस्थामा नियमित अन्डाको सेवन गरेर पोषण तत्वको कमी पूरा गर्न सकिन्छ । अन्डामा धेरै प्रकारका पोषक तत्व पाइन्छन् । जसले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ राख्छन् ।

प्रतिदिन एक अन्डा खाँदा हाम्रो शरीरमा अनावश्यक बोसो जम्मा हुँदैन । अन्डाले तौललाई नियन्त्रण गर्छ । अन्डाले भोकलाई मेटाउँँछ । अन्डा खाँदा धेरै समय केही नखाएर बस्न सकिन्छ । आँखाको लागि पनि अन्डा लाभदायक हुन्छ । प्रतिदिन एक अन्डा खानाले मोतियमबिन्दुको जोखिमलाई न्युनिकरण गर्छ ।

अन्डाले आलस्यता हटाउँछ । हरेक दिन विहान नास्तामा अन्डा खानाले पूरा दिन उर्जावान् महशुस हुन्छ । अन्डामा भएको पहेँलो भागले शरीरलाई उर्जा प्रदान गर्छ । अन्डा प्रोटिनको राम्रो स्रोत हो । यसले शरीरमा प्रोटिनको कमीलाई पूरा गर्छ । प्रोटिनको कमीलाई पूर्ण गरि आवश्यक पोषण प्रदान गर्छ ।

अन्डाले स्तन क्यान्सरको जोखिमलाई पनि न्युनिकरण गर्छ । हप्तामा ६ अन्डा सेवन गर्नाले ४४ प्रतिशत स्तन क्यान्सरको जोखिम कम हुन्छ । अन्डामा भरपुर मात्रामा भिटामिन डी पाइन्छ । जसले हड्डीलाई बलियो बनाउँछ । अन्डाले शरीरमा सूर्यको किरणलाई अवशोषण गर्छ जसले हड्डीलाई बलियो बनाउन मद्दत पुग्छ ।

अन्डामा पोषक तत्व अत्यधिक पाईन्छ । अन्डामा भिटामिन ए, डी, बी१२, फस्फोरस पाइन्छ । यी सबैले शरीरलाई उर्जावान् बनाइराख्नुका साथै दिमागलाई तेज बनाउँछ । शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । अन्डामा पाइने भिटामिन ए, डी, बी १२ ले शरीरमा रोग प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निभाउँछन् ।

गर्भवस्थामा अन्डा खानाले शरीरलाई चाहिने पोषण तत्व प्राप्त हुन्छ । गर्भावस्थामा नियमित अन्डा खानाले बच्चा पनि स्वस्थ जन्मिन्छ । अन्डामा आवश्यक मात्रामा प्रोटिन, भिटामिन र मिनरल हुन्छ । जसले भ्रूणको राम्रो विकासमा मद्दत गर्छ । तर अन्डा खाँदा राम्रोसँग पाकेको छ छैन विचार गरेर मात्र खानु पर्छ ।

अन्डालाई कपालको लागि पनि राम्रो मानिन्छ । यसले कपाल सम्बन्धित धेरै प्रकारका समस्यालाई निर्मूल पार्छ । यससँगै अन्डालाई नङ्को लागि पनि प्रयोग गर्न सकिन्छ । भिटामिन एचको कमीका कारण नङ् टुट्ने समस्या हुन्छ । यस्तोमा नियमित अन्डाको सेवनले नङ् टुट्ने समस्याबाट बच्न सकिन्छ ।

कसरी खाने

अन्डालाई उमालेर खान सकिन्छ,

अम्लेट बनाएर,

ब्रेडका साथ ब्रेड अम्लेट बनाएर,

एग रोल बनाएर,

तरकारीमा मिसाएर खान सकिन्छ ,

केकमा पनि अन्डाको प्रयोग गर्न सकिन्छ,

एग फ्राइड राइसका रुपमा खान सकिन्छ ।

कुन समयमा खाने

अम्लेट वा ब्रेड बनाएर विहानको नास्तामा खान सकिन्छ,

विहान वा बेलुकी उमालेर खान सकिन्छ,

दैनिक खानासँग खान पनि सकिन्छ ।