युरोकप फुटबलको फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र डेनमार्क भिड्दै

युरोकप फुटबलको फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र डेनमार्क भिड्दै

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् ।

इंग्ल्यान्ड र डेनमार्कबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । उक्त खेलको विजेता टोली उपाधिका लागि इटालीसँग भिड्नेछ ।

इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान बनाएको थियो ।

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।