धनगढीमा साइकललाई ठक्कर दिएर स्कुटर चालक फरार

धनगढीमा साइकललाई ठक्कर दिएर स्कुटर चालक फरार

धनगढीमा स्कुटरले साइकललाई ठक्कर दिँदा साइकल चालक घाइते भएका छन्। 
बुधबार धनगढी उप महानगरपालिका (३ स्थित होन्डा सोरुम नजिक नम्बर नखुलेको स्कुटरले साइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ। स्कुटरसहित चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइते साइकल चालक धनगढी उप महानगरपालिका (३ कै ६७ वर्षीय मानसिंह महराको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए।