तनहुँको शुक्लागण्डकीबाट २ जनाको जीवितै उद्धार, १२ सय रोपनीको धानखेती पूर्ण क्षति

तनहुँको शुक्लागण्डकीबाट २ जनाको जीवितै उद्धार, १२ सय रोपनीको धानखेती पूर्ण क्षति

तनहुँको शुक्लागण्डकीको फिर्दिको सिम्ले क्षेत्रमा पहिरोले पुरिएको घरबाट २ जनालाई जीवितै उद्धार गरिएको छ ।उक्त स्थानमा ५ घर उच्च जोखिममा रहेको शुक्लागण्डकी–८ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो ।

यस्तै डहरे बस्ती पूर्ण जोखिममा रहेको छ । उक्त ठाउँका स्थानीयलाई सुरक्षित स्थानमा रहनका लागि सूचना गरिएको वडा अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

वाङ्गे खोला बडेर झन्डै १२०० रोपनीमा लगाइएको धानखेती पूर्ण रुपमा क्षति भएको छ।शुक्लागण्डकी–९ को माले बगर क्षेत्र पानिको निकासको समस्याले घरहरूभित्र पानी पसेको छ ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थान बाढी पहिरोले क्षति पु¥याएको छ ।अहिले विपतको घडीमा सबै सतर्क रहन अनुरोध छ । सुरक्षित स्थानमा रहनुहोला ।