आज यी नदीहरुमा बाढी आउन सक्ने, सतर्क रहन आग्रह

आज यी नदीहरुमा बाढी आउन सक्ने, सतर्क रहन आग्रह

देशमा मनुसन सक्रिय भएसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

आज नारायणी र यसका सहायक नदीहरू विशेष गरी त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी लगायतका नदीमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले बताएको छ ।

कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ जलाधारका ससाना सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भइ सतर्कता आसपास पुग्न सक्ने अनुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना :