बैतडीमा ट्रयाक्टर दुर्घटना एकजनाको मृत्यु, एक घाइते

बैतडीमा ट्रयाक्टर दुर्घटना एकजनाको मृत्यु, एक घाइते

बैतडी । ट्रयाक्टर दुर्घटना हुँदा बैतडीमा एकजनाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका –५ का ट्रयाक्टरका सहचालक ३१ वर्षीय राजबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्रयाक्टर मंगलबार राति पौने १२ बजे पेले भन्ने ठाउँमा दुर्घटना भएको थियो। चन्दको घटनास्थलमै मृत्यु भएको र २२ वर्षीय डम्बर चन्द घाइते भएका छन्।

ट्रयाक्टर चालक डडेल्धुराको परशुराम नगरपालिका–५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।