डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपीमा पुरुषको तस्बिर टाँसेको पाइएको छ। प्रशासनले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो।
उक्त नागरिकताको प्रतिलिपिमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन्। नागरिकतामा महिलाको पतिको नाम नवराज धामी उल्लेख छ।
उनको ठेगाना भागेश्वर गाउँपालिका–४ रहेको छ। उक्त विषयमा जिल्ला प्रशासनले त्रृटि भएको हुनसक्ने भन्दै सम्बन्धित व्यक्तिलाई बोलाएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे बताए ।