नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । अधिवक्ता सरोज बुढाथोकीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता गराउनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महाधिवेशन नगरेका कारण माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको वैधानिकता नरहेको नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले दाबी गर्दै आएका छन् ।

यसअघि निर्वाचन आयोगले दुई बुँदे सर्कुलर गर्दै एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका सबै राजनीतिक दललाई कानुनले तोकेअनुसार महाधिवेशन भएकाे/नभएको जानकारी गराउन भनिसकेको छ ।