बाढीले बैतडीका ४ पसलमा क्षती

बाढीले बैतडीका ४ पसलमा क्षती

बाढीले बैतडीका ४ पसलमा क्षती पुगेको छ । बाढीले जिल्लाको डिलाशैनी गाउँपालिका ३ स्थीत पंसेरा बजारमा ४ पसलमा क्षती पुगाएको हो ।

गयराती परेको पानीले बजार माथी खनिएको रोडबाट बाढी आएपछि पसलमा क्षती पुगेको स्थानियले बताएका छन ।बाढीले गाउँपालिकाको स्टोर रुममा समेत क्षती पुगेको गाउँपालिकाका कर्मचारी पुरुषोत्तम नाथले बताएका छन ।

उनले स्टोर भित्रै पानि पसेपछि सामानहरु बिग्रीएको बताए । त्यस्तै पसलहरुमा राखेको सामानमा पनि क्षती भएको बताईएको छ ।